Biratnagar, Morang, Nepal
१७ माघ २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशमा जनप्रतिनिधिको मध्यावधि समीक्षाको तयारीमा एमाले

४४ पालिका र ४११ वडा अधिवेशन गर्न बाँकी
उद्‌घोष सम्वाददाता
१७ माघ २०८१, बिहिवार

Advertisement

विराटनगर । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूको मध्यावधि समिक्षा गर्ने भएको छ । 

प्रदेश सभाका सांसददेखि स्थानीय तहका प्रमुख उपप्रमुखको कार्यप्रगति र जनमुखी काम गर्ने क्षमता प्रस्तुत गरेको नगरेकोबारे समीक्षा गर्ने एमाले कोशी प्रदेश कमिटीले निर्णय गरेको हो ।

स्थानीय तहका जनप्रतिनिधीहरूको मध्यावधि समीक्षा माघ २६ गते विराटनगरमै बोलाएर गर्ने निर्णय भएको सचिव राजकुमार भण्डारीले जानकारी दिए ।

उनले स्थानीय तहमा पार्टी कमिटीभित्र तथा जनसंगठन र व्यक्तिहरू बीचमा रहेका अन्तरबिरोधहरूलाई मसिनो गरी समस्या पहिचान गर्ने र समाधानका लागि सवै उपाय अपनाएर अन्तरबिरोध व्यवस्थापन गर्ने निर्णय गरेको समेत बताए ।

एमाले कोशी प्रदेश कमिटीको पुस २७ गते बसेको पाँचौं पूर्ण बैठकले अधिवेशन हुन नसकेका पालिका र वडा कमिटीको अधिवेशन माघभित्रै सक्नका लागि समेत निर्देशन गरेको छ । 

बैठकले फागुन महिनाभित्र टोल कमिटीहरूको बैठक समेत सम्पन्न गर्न जिल्ला कमिटीहरूलाई निर्देशन दिएको जनाइएको छ ।

कोशी प्रदेशको एक जिल्लासहित ४४ वटा पालिका र ४११ वटा वडाको अधिवेशन अझैसम्म सम्पन्न गर्न सकेको छैन । जिल्ला अधिवेशन नै हुन नसकेको मोरङको भने फागुन १७ देखि १९ सम्म अधिवेशनको मिति तोकिएको छ ।

तर ४४ पालिका र ४११ वटा वडाहरूको अधिवेशन हुन नसकेपछि माघ महिनाभित्रै सम्पन्न गर्न प्रदेश कमिटीले जिल्ला कमिटीहरूलाई निर्देशन दिएको एमालेले जनाएको छ ।

View : 66

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved