विराटनगर । तेह्रथुमको लालिगुराँस नगरपालिका–१ मा सवारी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
बुधबार साँझ लालिगुराँस नगरपालिका–१ लम्बु खोलास्थित मध्य पहाडी लोकमार्गमा इटहरीबाट ग्यास लोड गरी तेह्रथुमको म्याङलुङतर्फ जाँदै गरेको को १ ख १६८१ नम्बरको ट्रक ब्रेक फेल भई ओट लगाउने क्रममा ट्रकको चक्काले किच्दा सह–चालक सुनसरी इटहरीका ४५ बर्षीय रमानन्द चौधरीको घट्नास्थलमानै मृत्यु भएको थियो ।
दुर्घटनामा संलग्न चालक रामधुनी नगरपालिका–४ का ४५ बर्षीय तेजबहादुर राईलाई इलाका प्रहरी कार्यालय बसन्तपुरले नियन्त्रणमा लिएको जनाइएको छ ।
View : 150
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved