विराटनगर । विराटनगर–९ सातघुम्ती मोडमा पशुको शल्यक्रियासहित सम्पूर्ण उपचार गर्ने कोशी एनिमल भेट क्लिनिकको शनिबार शुभारम्भ गरिएको छ । निजी स्तरमा आधुनिक शल्यक्रिया सेवासहितको यो पहिलो क्लिनिक भएको जनाइएको छ ।
पशु चिकित्सकद्वय डा सवल पोखरेल र डा सतिन्द्र यादवद्वारा खोलिएको सो क्लिनिकमा खासगरी कुकुरको उपचारलाई बढी केन्द्रित भई उपचार र शल्यक्रियाका सेवाहरु दिने गरी क्लिनिक खोलिएको डा पोखरेलले बताए । कुकुरको बन्ध्याकरण, ब्याऊन नसकेका कुकुरको शल्यक्रियाबाट बच्चा निकाल्ने, कुकुरमा बढी मात्रामा समस्या रुपमा पाइने गिर्खा (ट्युमर) को शल्यक्रिया गरिने छ ।
क्लिनिकमा कुखुराको पोष्टमार्टम, रोग पहिचान र उपचार पनि गरिने छ। किनकि कुखरा फाराममा भएका कुखुरा एकदुई वटा मर्न थालेमा के कारणले मरे भनेर पोष्टमार्टमबाट परीक्षण गरी रोग पत्ता लगाई अन्य कुखरालाई मर्नबाट जोगाउन सकिन्छ । यस्तै अन्य गाई भैंसीलगायतको पशुको पनि उपचार हुने तर त्यसका लागि क्लिनिकमा ल्याउन नसकिने भएकोले गोठ (थलो)मा नै जानु पर्ने हुन्छ ।
उपचारको खर्चको सन्दर्भमा रोगको स्थिति अनुसार हुने तर पनि सामान्यतय कुकुरमो वन्ध्याकरण, शल्यक्रियाको ५ देखि १० हजारमा हुन्छ । तर शुभारम्भको एक महिनासम्म ५० प्रतिशत छुट हुनेछ । भदौ ४ गतेसम्म पशुलाई निशुल्क रेविज भ्याक्सिन दिइने डा कोइरालाले बताए ।
यस्तै सामुदायिक कुकुरको उपचारमा खर्चमा समस्या हुने भएकोले त्यसका लागि विशेष सेवाको समेत व्यवस्था रहेको डा यादवले बताए ।
View : 369
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved