Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेश खेलकुद विकास बोर्डद्वारा प्रतिष्पर्धा नै नगराई प्रशिक्षक नियुक्त

मुख्यमन्त्री कार्कीद्वारा खेलकुद नियुक्ति छानविन गर्न मन्त्रालयलाई निर्देशन

उद्‌घोष संवाददाता
१९ चैत २०८०, सोमवार

Advertisement

विराटनगर । कोशी प्रदेशको खेलकुद विकास बोर्डले करार प्रशिक्षक नियुक्ति गरेपछि मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले प्रक्रिया रोक्न निर्देशन दिएको छ ।

परिषदको कार्यालयले आइतबार सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्दै बोर्डले गरेको नियुत्ति प्रक्रियाको छानविन गरेर प्रतिवेदन बुझाउन निर्देशन गरेको छ ।

खुल्ला प्रतिस्पर्धा नगराई राजनीतिक फहुंचका ब्यक्तिलाई नियुत्त गर्ने तयारी भएको जनाउँदै यसअघि खेलकुद क्षेत्रका ब्यत्तिहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

शाखा अधिकृत कोविद ढकालद्वारा हस्ताक्षरित पत्रमा सात दिनभित्र स्पष्ट रायसहितको छानविनको प्रतिवेदन तयार गर्न र सो अवधिभर नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिइएको छ ।

अनियमित तथा धाँधलीपूर्ण तरिकाले अयोग्य र कनिष्ठ प्रशिक्षक छनोट गरेको  र योग्य र अग्रज प्रशिक्षकलाई बदनियत चिताइ लिष्टमा सम्मिलित नगराएको विषयको छानविन गर्न भनिएको छ ।

प्रदेश खेलकुद बोर्डलाई प्रशिक्षक नियुक्तिका लागि मन्त्री परिषद्को बैठकले नै २१ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रदेशमा खेलकुदका एकै जना पनि प्रशिक्षक नरहेकाले ४२ जनालाई ६ महिनाका लागि नियुक्त गर्न प्रदेश सरकारसँग ९६ लाख रुपैयाँ माग गरिएकोमा २१ लाख मात्रै निर्णय भएको बताए । 

सो रकमले मासिक ३० हजार रुपैंयाँ दिनेगरी १५ खेलका १७ प्रशिक्षक नियुक्तिको प्रक्रिया पूरा गरेर आइतबार नै ११ जनाले पत्र बुझिसकेका छन् । नियुक्ति प्रक्रिया नियम संगत भएकाले आफूले गरेको निर्णयबाट पछि नहट्ने बताउँदै वाग्लेले सरकारमा रहेका ब्यक्तिहरुका मानिस छनोटमा नपरेकाले स्थगित गर्न लगाइएको आरोप लगाए । 

‘विज्ञसहितको समितिले छनोट गरेका प्रशिक्षकलाई नियुक्ति दिइएको हो, खेलकुद नबुझ्ने राजनीतिको फोहरी खेल गर्नेहरुले बिरोध गरेका हुन्’ वाग्लेले भने–‘के कारवाही र कुन छानविन त्यो मन्त्रालयले जान्दछ, म प्रक्रियामा अघि बढिसकेको छु ।’

उनले समावेशी तरिकाले ५ महिला प्रशिक्षक पनि छनोट गरिएको जानकारी दिए ।

View : 627

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved