Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

इटहरीका सबै विद्यालयमा एउटै पोसाक

यी हुन् नगर शिक्षा समितिका चार निर्णय
उद्‌घोष सम्वाददाता
२५ माघ २०८०, बिहिवार

सुनसरी । इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ । नयाँ शैक्षिक सत्रका लागि अभिभावकले विद्यालय पोसाक खरिद गर्ने बेला इटहरी उपमहानगरले यस्तो निर्णय लिएको हो ।

इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरि १७० वटा विद्यालय छन् । ६३ हजार ५ सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जाने छन् । नगर शिक्षा समिति इटहरीले विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउन यस्तो निर्णय गरेको जनाएको छ । 

यस्तै इटहरी भित्रका निजी तथा सबै विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने निर्णय पनि गरेको हो । अब इटहरीका विद्यालयमा टाई देख्न पाइने छैन । साथै उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरुको छोराछोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनु पर्ने निर्णय पनि गरेको हो ।

विद्यालय आफैंले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उपमहानगरपालिकाले विद्यालय आफैले किताब बेच्न नपाउने निर्णय पनि गरेको छ । विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री–वितरण गर्न रोक लगाएको हो । 

बैठकले उपमहानगरभित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो निर्णय गरेको मेयर हेमकर्ण पौडेलले बताए ।

विद्यालय आफैले किताव तथा शैक्षिक सामग्री राखेर बिक्री गर्ने प्रतिबन्ध गरिएको मेयर पौडेलको भनाइ छ ।

यी हुन् निर्णयहरु

१) जनप्रतिनिधि,सरकारी सेवाका शिक्षक तथा कर्मचारी र लाभको पद धारण गरेका व्यक्तिहरुका सन्तान सामुदायिक विद्यालयमै पढाउनुपर्ने ।

२) इटहरी क्षेत्र भित्र रहेका सरकारी तथा संस्थागत(नीजी) विद्यालयको पोशाकमा आगामी शैक्षिक सत्र देखि एकरुपता कायम गरिने ।

३) कुनै पनि विद्यालयले पाठ्यपुस्तक,स्टेशनरी,पोशाक बिक्री वितरण गर्न नपाउने ।

४) विद्यालयहरुको स्तरीकरण गरि भर्ना शुल्क,मासिक शुल्क तथा ऐन अनुसार तोकिएका अन्य शुल्कहरु इटहरी उपमहानगरपालिकाले तोक्ने ।

View : 239

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved