Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

गीतकार खनालको उपचार सहयोगार्थ गीताञ्जली साझ हुने

उद्‌घोष संवाददाता
१७ पुष २०८०, मङ्गलवार

सुन्दरहरैंचा । गीतकार डिपी खनालको स्वास्थ्य उपचारका लागि सहयोगार्थ केपी घिमिरेद्वारा सञ्चालित नझरेका फूलहरूको आयोजनामा पलेंटी साझ हुने भएको छ।

मोरङको विराटचोकस्थित प्लानेट लाउञ्जमा मंगलवार आयोजना हुने पलेंटीलाई यसपटक ’गीताञ्जली साझ’ नाम दिइएको आयोजक तथा नझरेका फूलहरूका परिकल्पनाकार केपी घिमिरेले बताएका छन्।

दुई महिनादेखि स्वास्थ्यमा गम्भीर समस्या भई उपचाररत गीतकार खनालका सयौं गीतहरू लोकप्रिय छन्। उनका रचनामा रहेका गीतहरू नेपाली साङ्गीतिक क्षेत्रका ख्यातिप्राप्त गायक तथा गायिकाले गाएका छन्। गीतकार खनालको उपचारमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागिएको र सो अभियानमा थुप्रै मनकारी व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त भइरहेको समेत घिमिरेले बताए ।

नझरेका फूलहरूको ४१औं श्रृंखलाका रुपमा मंगलवार आयोजना हुने गीताञ्जली साझमा गायिका पम्फा चाहार, मेरिना राई,अनु बुढाथोकी गिरी,निशा कार्की तथा गायक दुर्गा पराजुली,कृष्णराजा श्रेष्ठ लगायतका कलाकार सहभागी हुने बताइएको छ । 

गीतकार खनालको उपचारको सहयोगार्थ सो कार्यक्रमका लागि रामकृष्ण ढकाल,हेमन्त शर्मा,राज सिग्देल,तुलसी पराजुली,प्रविशा अधिकारी, गीतकार किरण उप्रेती, निमा शेर्पा,साहित्यकार पुरन राई लगायतबाट आर्थिक सहयोग प्राप्त भैसकेको र थप महानुभावबाट पनि सहयोग आउने क्रम जारी रहेको गीतकार समेत रहेका घिमिरेले जानकारी दिएका छन् ।

View : 387

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved