Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

सैनिक कमाण्ड कलेजका प्रशिक्षार्थीको अवलोकन

उद्‌घोष संवाददाता
१८ मंसिर २०८२, बिहिवार

विराटनगर । सैनिक कमाण्ड तथा स्टाफ कलेज काठमाडौंका प्रशिक्षार्थी अधिकृतहरुले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमण गरेका छन् । 

सैनिक कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा सञ्चालन भइरहेको कमाण्ड तथा स्टाफ तालिममा तालिमरत शिक्षार्थी अधिकृतहरूलाई आन्तरिक अध्ययन भ्रमणको कार्यक्रममा ल्याइएको हो ।

प्रशिक्षार्थीहरुलाई प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले नागरिक सहायता कक्ष, प्रशासन शाखा, अपराध अनुसन्धान शाखा लगायत सम्पूर्ण शाखाहरुको भ्रमण अवलोकन गराएका थिए ।

प्रहरी उपरीक्षक तिम्सिनाले अधिकृत प्रशिक्षार्थीहरुलाई प्रहरीले सम्पादन गर्ने दैनिक काम कारवाही, अपराधको तथ्यांक, अपराध नियन्त्रणमा प्रहरी, फरार प्रतिवादी पक्राउ, लागू औषध नियन्त्रण, अन्य सुरक्षा निकायसँगको समन्वय र सहकार्य, जेनजी आन्दोलन पश्चातका सुरक्षा चुनौती, आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन लगायतका विषयमा अवगत गराएका थिए ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल, सैनिक तथा स्टाफ कलेज काठमाडौंका प्रमुख सेनानी सुवासचन्द्र महत लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

View : 93

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved