विराटनगर । चौथो संस्करणको विराटनगर म्यूजिक फेस्टिभलको तयारी अघि बढेको छ । लाइभ इन्टरटेनमेन्टको आयोजनामा असोज ३१ गते शुक्रबार विराटनगरको जैन भवनमा म्यूजिक फेस्टिभल हुन लागेको हो ।
विराटनगरमा सफलतापूर्वक तेस्रो चरणको म्यूजिक फेस्टिभल आयोजना गरिसकेका कार्यक्रम व्यवस्थापक एवम् संयोजक सन्तोष महत (स्यान्ट्रो) ले तयारीबारे बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।
उनले दशैं लगत्तै तिहार र छठ पर्वको समय पारेर आयोजना गरिदै आएको म्यूजिक फेस्टिभलले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गरे । साथै, जेनजी आन्दोलनपछि छाएको निरासालाई हटाउन समेत म्यूजिक फेस्टिभल महत्वपूर्ण अवसर हुने बताए ।
चौथो संस्करणको म्यूजिक फेस्टिभलमा चर्चित गायक तथा युवा पुस्ताका लोकप्रिय व्याण्डहरू स्वर र पूर्ण राई एण्ड दाजुभाइ मुख्य आकर्षण छन् ।
सोही अवसरमा विराटनगरको लोकप्रिय व्याण्ड ‘द स्मृति व्याण्ड’ ले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा विशेष प्रस्तुति रहने जनाइएको छ । साथै, स्मृति व्याण्डलाई सम्मान समेत गरिने महतले बताए ।
विराटनगरका चर्चित गायक शुभम् एण्ड द व्याण्डको समेत सांगितिक प्रस्तुति र स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गर्नेछन् ।
जैन भवन परिसरमा स्थानीय परिकारहरूको स्वादसहित फुड स्टलसमेत राखिने आयोजकले जनाएको छ ।
म्यूजिक फेस्टिभललाई भव्य बनाउन अन्तर्राष्ट्रियस्तरको डीबी टेक्नोलोजीयुक्त साउण्ड सिस्टम, लाइट, स्क्रिन र मञ्चको तयारी गरिएको जनाइएको छ ।
View : 274
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved