Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेसले फिर्ता लियो अनुशासनको कार्वाही, पार्टी छाडेकालाई घर फर्कन आह्वान

उद्‌घोष संवाददाता
१३ पुष २०८२, आइतवार

विराटनगर । नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तामाथि छ महिना अघि गरेको अनुशासनको कार्वाही फुकुवा गरेको छ । 

कोशी प्रदेशका केही नेताह रूसहित २०७९ को निर्वाचनमा विद्रोही उम्मेदवारी दिएका, प्रस्तावक र समर्थक बसेका नेता– कार्यकर्तामाथि कांग्रेस अनुशासन समितिले गएको असारमा कार्वाही गरेको थियो ।

केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले पार्टीभित्र बृहत एकता कायम गर्न र संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दिगो विकाससँगै संविधानको रक्षा गर्नुपर्ने राष्ट्रिय दायित्वलाई हृदयङ्गम गरी कार्वाही फुकुवा गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । 

कांग्रेसले आगामी दिनमा पार्टी हित विपरित हुने गरी अनुशासन उल्लंघनका कुनै पनि कार्य नगर्न नगराउन सचेत गराउँदै उनीह रू माथिको कार्वाही फिर्ता गरेको हो ।

२०७९ को चुनावमा विद्रोही उम्मेदवार दिएका, प्रस्तावक र समर्थक बसेकालगायतवि रूद्ध कांग्रेसमा २ हजार १ सय हाराहारी उजुरी रहेको बताइएको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले १८ जनालाई अनुशासनको कारबाही गर्दा बहुसंख्यक नेताह रू शेखर कोइराला समूहका थिए ।

उनीह रूलाई २०७९ को प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारवि रूद्ध उभिएको आरोपमा उजुरी थियो ।

अनुशासन समितिले कारबाहीमा पर्नेह रूको नाम सार्वजनिक गर्दा कोशी प्रदेशका दुई जना उच्च तहका नेताह रू पनि परेका थिए । कांग्रेस खोटाङ जिल्ला सभापति विष्णुकुमार राई र तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा एक वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्काशनमा परेका थिए ।

सभापति शेरबहादुर देउवा निकट आनन्दप्रसाद ढुंगाना नेतृत्वको अनुशासन समितिले  सेलेक्टिभ कार्वाही गरेको भन्दै संस्थापन इतर समूह असन्तुष्ट थियो । 

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकले समानुपातिक तर्फका ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रिया प्रारम्भ पनि गरेको छ । अनुशासन कार्वाही फिर्ता गर्नु शनिबारको कांग्रेस बैठकको मुख्य निर्णय थियो । 

कांग्रेसले वर्तमान विकसित राजनीतिक अवस्था र आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीलाई सुसंगठित बनाउदै पार्टीभित्र बृहत एकता  विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरूद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वतः कार्वाहीमा परेकाह रूको बाँकी अवधि माफी, मिनाहा गर्ने निर्णय गरिएको जनाएको छ । 

मुख्यसचिव पौडेलका अनुसार यसरी कार्वाही माफी, मिनाहा भएका व्यक्तिह रूको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय बैठकले गरेको छ ।

कांग्रेसले  पार्टी परित्याग गरेकालाई घर फर्कन आह्वान पनि गरेको छ ।  विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीह रूलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ कांग्रेस निर्णयमा भनिएको छ, त्यसरी फर्किने साथीहरूलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।

कांग्रेसले विभिन्न पेशा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिह रूलाई नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान पनि गरेको छ । 

कार्य सम्पादन समितिको बैठक आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पौडेलले प्रेस विज्ञप्तिममा उल्लेख गरेका छन् ।

View : 160

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved