Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

तेक्वान्दोको उपाधि झापालाई

उद्घोष सम्वाददाता
२९ माघ २०८०, सोमवार

विराटनगर । पाँचौ कोशी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताकोको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ काँस्य र ३ रजत पदक ल्याएर उपाधि जितेको हो । 

बलुवाइ आईटीएफ तेक्वान्दो डोजाङ डाँगीहाटले मोरङको बेलबारीमा आयोजना गरेको प्रतियोगितामा ११ वटा जिल्लालाई पछि पार्दै झापाले उपाधि हात पारेको छ ।

प्रतियोगितामा  मोरङले ३ स्वर्ण, ३ काँस्य र ७ रजत पदक जितेर द्वितीय भएको छ । सुनसरीले ३ स्वर्ण, ३ काँस्य र ५ रजत पदक जितेर तृतीय भएको छ । 

दुई दिनसम्म भएको प्रतियोगितामा ११ जिल्लाका १६३ जना खेलाडीहरुको सहभागी भएको कार्यक्रम संयोजक धर्मेन्द्र लिम्बूले जानकारी दिए ।

समापन कार्यक्रममा प्रदेश सांसद मानबहादुर लिम्बूले तेक्वान्दो खेलको विकासमा लागि बेलबारीमा कवर्ड हल निर्माणका लागि पहल गर्ने बताए ।

 कार्यक्रममा नेपाल इन्टरनेश्नल तेक्वान्दो महासंघका अध्यक्ष प्रविणकुमार कार्की, नेपाल खेलकुद महासंघका विराटनगर महानगरपालिका इञ्चार्ज मनोजविक्रम शाह, नेपाल आईटीएफका केन्द्रीय उपाध्यक्ष चतुरलाल चौधरी, केन्द्रीय सदस्य तथा कोशी प्रदेशका संयोजक राजेन्द्र धिमाल, केन्द्रीय सदस्य विराटनगर–४ का वडाध्यक्ष जितेन थापा, केन्द्रीय सदस्य नवीन तामाङ र प्रदेश सदस्य प्रल्हाद राउत लगायतको सहभागिता थियो ।

View : 122

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved