Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

उदयपुर–२ मा एमालेका रायमाझीलाई उछिन्दै रास्वपाका सूर्य बहादुर तामाङको अग्रता

उद्‌घोष संवाददाता
२३ फागुन २०८२, शनिवार

उदयपुर । उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूर्य बहादुर तामाङले अग्रता कायम गरेका छन् । उनले नेकपा एमालेका अम्बर बहादुर रायमाझीलाई उछिन्दै अगाडि आएका हुन् ।

गणनाको पछिल्लो परिणाम अनुसार रास्वपाका तामाङले ४ हजार २८७ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा एमालेका रायमाझीले ३ हजार ६५३ मत पाएका छन् ।

त्यसैगरी नेकपाका सुरेश कुमार राईले २ हजार ४७६ मत, श्रम संस्कृति पार्टीका बलराज राईले २ हजार २५५ मत तथा नेपाली कांग्रेसका रामकुमार राईले २ हजार ५४ मत प्राप्त गरेका छन् ।

अन्य उम्मेदवारमध्ये मंगोल नेशनल अर्गनाइजेशनका भाकर राईले १४२, राष्ट्रिय परिवर्तन पार्टीका अर्जुन राईले १४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णु बहादुर खड्काले ९०, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का दुर्गा बहादुर तामाङले ९१, स्वतन्त्र उम्मेदवार मेजर कुमार राईले ६६, जनता समाजवादी पार्टीका केशर बहादुर मगरले ४६, आम जनता पार्टीका दम बहादुर मगरले ३१ तथा नेपाल मजदुर किसान पार्टीका पूर्ण बहादुर दुलाल्मीले १५ मत प्राप्त गरेका छन् ।

उदयपुर २ मा हालसम्म १६ हजार ८७३ मत गणना हुँदा १ हजार ५३५ मत बदर भएका छन् भने १५ हजार ३३८ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

View : 63

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved