लेटाङ । १८ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ‘हाम्रो पुस्तकालय : हाम्रो भविष्य’ भन्ने मूल नारासहित मोरङको लेटाङ नगरपालिका–४ मा स्थापना गरिएको शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भवनको शुक्रबार उद्घाटन गरिएको छ ।
उद्घाटन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपालका लागि जापानका राजदूत माइडा टोरु र लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावतीबाट संयुक्त रूपमा पुस्तकालय भवन उद्घाटन गरिएको हो ।
जापान सरकार, शान्ति भोलन्टियर एशोसिएसन तथा स्थानीय समुदायको सहकार्यमा निर्माण गरिएको पुस्तकालयलाई शिक्षा, सीप विकास, महिला सशक्तिकरण, युवाका अवसर विस्तार र सामुदायिक गतिविधि प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो ।
शान्ति भगवती माध्यमिक बिद्यालयले जग्गा प्रदान गरी सहयोगी संस्था जापान सरकार, शान्ति भोलन्टियर एशोसिएसन र स्थानीयको करिब ३ करोड १ लाख रुपैयाँ बराबरमा निर्माण भएको सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा बालकक्ष, महिला कक्ष, युवा कक्ष, सूचना तथा प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष र विपद् जोखिम न्यूनीकरण कक्षसमेत समावेश गरिएको छ ।
साथै, प्राविधिक तथा व्यावसायिक तालिम कक्ष र सामुदायिक हलमार्फत स्थानीयलाई सीप विकास र आयआर्जनका कार्यक्रम प्रदान गरिने पुस्तकालयका अध्यक्ष सुदेश वस्तीले जानकारी दिए ।
View : 358
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved