विराटनगर । सुनसरी र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट सोमवार गाँजा र लागुऔषध खैरो हेरोइनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमवार दिउँसो अस्थायी प्रहरी चौकी राजगञ्ज सिनवारीबाट खटिएको प्रहरीको टोलीले सुनसरीको देवानगञ्ज गाउँपालिका–६ नहरचोकमाबाट भारततर्फ जाँदै गरेको को १ ह ५०९९ नम्बरको अटोलाई रोकेर जाँच गर्दा गाँजा बरामद भएको हो ।
सो अटोको पछाडीको डिकी र अटोको भित्र छानोको भागमा प्लाष्टिकको एक–एक किलोको पोका बनाई राखेको ८० किलो गाँजा बरामद गरेको थियो ।
बरामद गाँजासहित अटोचालक सुनसरीको धरान–११ का २९ वर्षीय कुमार तामाङ र अटोमा सवार ३० वर्षीय रामबहादुर राई समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको इलाका प्रहरी कार्यालय देवानगञ्जले जनाएको छ ।
यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले सोमबार भारतको अररिया जोगबनी–११ धर्मशालाका २० वर्षीय बिशाल पोदारलाई नियन्त्रणमा लिएको हो ।
उनलाई विराटनगर–१५ एक नम्बर ढाटस्थित भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा ३ ग्राम ११ मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
View : 169
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved