Biratnagar, Morang, Nepal
१० मंसिर २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान

उद्घोष सम्वाददाता
१० मंसिर २०८१, सोमवार

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेजलाई यस वर्षको उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ ।

१३औं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको समापन समारोहमा कार्यालयले एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो ।

प्रमुख कर अधिकृत भूपालराज शाक्य र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कम्पनीका महाप्रबन्धक प्राणनाथ भट्टराईलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

नेपाल राष्ट्र बैंकको इजाजतपत्र प्राप्त एमएडब्लू हायर पर्चेज २०६८ सालमा स्थापना भएको कम्पनी हो । 

कम्पनीले सजिलो र झन्झटमुक्त हायर पर्चेज समाधानहरू प्रदान गर्दै साना तथा मझौला उद्यमीहरूलाई व्यवसायिक सवारीसाधन र भारी उपकरणको वित्तीय समाधान उपलब्ध गराउँदै आएको छ ।

एमएडब्लू इन्टरप्राइजेजको सहायक कम्पनीका रूपमा स्थापना भएको यो कम्पनीले साना तथा मझौला उद्यमीहरूलाई वित्तीय लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याएको छ ।

View : 22

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved