Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

तेराख प्रतिष्ठानद्वारा पुरस्कार तथा सम्मान प्रदान

उद्‌घोष संवाददाता
१२ वैशाख २०८३, शनिवार

झापा । तेराखका नामबाट प्रसिद्ध लेखक एवम् साहित्यकार तेजराज खतिवडाको स्मृतिमा साहित्यकार तेराख प्रतिष्ठानले शनिबार  विभिन्न संस्था तथा व्यक्तिहरुलाई पुरस्कृत एवम् सम्मान गरेको छ ।  

झापाको धुलाबारीमा बसेर शिक्षणसँगै साहित्यकर्ममा योगदान पुर्याएका स्वर्गीय तेराखका सर्वजा लगायतका कृतिहरु चर्चित छन् । 

 प्रतिष्ठानको आठौं वार्षिक उत्सव समारोहकाबीच तेराख महाकवि देवकोटा साहित्य सम्मान २०८२ बाट एक स्रष्ठा र एक संस्थालाई सम्मानित गरिएको छ । 

झापाली अग्रज साहित्यकार चुडामणी बशिष्ठलाई नगद ५१ हजार र सम्मान पत्र सहित कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतले तेराख महाकवि देवकोटा साहित्य सम्मान २०८२ सम्मान अर्पण गरेका थिए । 

 त्यस्तै भारतको साहित्यिक संस्था लैनसिंह वाङदेल साहित्य कला प्रतिष्ठानलाई समेत तेराख महाकवि देवकोटा साहित्य सम्मानबाट सम्मानित गरिएको थियो । सम्मानित संस्थाका उपाध्यक्षसहितको समूहलाई  नगद ५१ हजार र सम्मान पत्र प्रदान गरिएको थियो । 

 धुलाबारी माविको सभाहलमा सम्पन्न वार्षिक उत्सव कार्यक्रमबीच प्रतिष्ठानले प्रदान गर्दै आएको मधुसुदन उत्कृष्ट कृषक सम्मान २०८२ बाट रोङ गाउँपालिका वडा नं ६ इलामका कृषक भीमबहादुर क्याप्छाकीलाई नगद २१ हजार र सम्मान पत्रले सम्मानित गरिएको थियो भने पदमादेवी उत्कृष्ट छात्रा पुरस्कार २०८२ बाट धुलाबारी माविकी छात्रा सञ्जु नेपाललाई सम्मान गरिएको थियो ।

नेपाललाई नगद २१ हजार र सम्मान पत्रले पुरस्कृत गरिएको थियो ।  

प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको सभापत्विमा सम्पन्न वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि बस्नेत, पुरस्कृत स्रष्टा चुडामणी बशिष्ठ, अग्रज पत्रकार चन्द्र भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले संस्थाका बारेमा जानकारी दिएका थिए  भने शुशिला खतिवडा र देबीचरण भण्डारीले सम्मानित र पुरस्कृतहरुको बारेमा परिचय गराएका थिए । 

प्रतिष्ठानका सचिव जय भण्डारी र सदस्य मुना रानाको सञ्चालन रहेको कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष लिना भण्डारीले स्वागत मन्तव्य प्रकट गरेकी थिइन् ।

View : 175

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved