सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा १० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलको ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सफलपूर्वक सम्पन्न भएको छ ।
तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र शैक्षिक उपलब्धि झल्किने विविध गतिविधि आयोजना गरिएको थियो ।
कार्यक्रमको पहिलो दिन प्ले–ग्रुपदेखि युकेजीसम्मका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रममार्फत आफनो प्रतिभा प्रस्तुत गरेका थिए ।
सो अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न परियोजनाको प्रदर्शन गरिएको थियो । साथै सिङ्गिङ, डान्सिङ, वक्तृत्वकला तथा चित्रकला विधामा ‘स्टुडेन्ट्स आइडल’ प्रतियोगिता पनि आयोजना गरिएको थियो ।
दोस्रो दिन कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको सहभागितामा सांस्कृतिक कार्यक्रम, पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विज्ञान तथा सूचना प्रविधि (आईटी) सम्बन्धी प्रदर्शनी गरेका थिए ।
यसैगरी सिङ्गिङ, डान्सिङ, वक्तृत्वकला र चित्रकला विधामा विद्यार्थी आइडल प्रतियोगिता सञ्चालन गरिएको थियो ।
कार्यक्रमको अन्तिम दिन आइतबार कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए । सो अवसरमा उत्कृष्ट विद्यार्थी तथा ४ जीपीए ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
विद्यार्थीहरूले कविता वाचन, नृत्य, गीत, वक्तृत्वकला, चित्रकला तथा विज्ञान र आईटी प्रदर्शनीमार्फत प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी राकेश श्रेष्ठले ३ लाख रुपैया“को अक्षयकोष स्थापना गरी चार जना विद्यार्थीलाई नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । उक्त पुरस्कार विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेत र राकेश श्रेष्ठका बुबा गोविन्द श्रेष्ठले संयुक्त रूपमा वितरण गरेका थिए ।
View : 11
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved