विराटनगर । विराटनगर–१५ रानीको एक घरमा बसेर फाट्का (जूवाजन्य खेल) साथै अनलाइनको माध्यबाट ठगी धन्दा चलाउँदै आएको एक गिरोहलाई मोरङ प्रहरीले हालै पक्राउ गरेको छ । प्रहरीका अनुसार सोहिता कर्णको घर भाडामा लिएर सो गिरोहले अनलाइन माध्यमबाट ठगी धन्दा चलाउँदै आएको थियो ।
पक्राउ परेका पाँच जनामा सप्तरीका शिवशंकर यादव, भारतको राजगढका दिपक मण्डल, मोरङको जहदाका रञ्जीत यादव, विराटनगरका जनार्दन यादव र सिकन्दर यादव छन् ।
उनीहरूबाट विभिन्न बैंकको एटीएम कार्ड, चेकबुक, नेपाली र भारतीय सीम कार्ड, भारतीय आधार कार्ड र नेपाली र भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद भएको छ ।
प्रहरीका अनुसार उनीहरूबाट १६ थान मोबाइल, ४४ थान एटीएम कार्ड, भिन्दभिन्दै बैंकको १५ वटा चेक बुक, विभिन्न व्यक्तिका नाममा काटेको १३ थान चेक लगायतका सामग्री उनीहरूबाट प्रहरीले बरामद गरेको छ ।
सोहिता कर्णको घरको दोस्रो तलामा उनीहरूले धन्दा चलाउँदै आएका थिए । उनीहरू पेशेवर धन्दावाल हुन् । उनीहरुलाई हुण्डी कारोबारमा प्रहरीले मुद्दा चलाएको छ ।
विराटनगरमा फट्काको धन्दा र हुण्डी कारोबार भित्रभित्रै चल्दै आइरहेको छ । मोरङ प्रहरीले पक्राउ गरेका पाँच जनाबाहेक यस्तो धन्दामा संलग्न दर्जनौं व्यक्ति छन् ।
मोबाइल एपको माध्यमबाट कोठामै बसी बसी यस्तो धन्दा चलाउने गर्दछ । सट्टेबाजहरूबाट मिल्सएरिया बाहेक विराटनगर बजार, घोघापुल चोक, सरौंचिया आदि ठाउँमा फाट्काको धन्दा निर्वाध रूपमा चल्दै आइरहेको छ ।
View : 315
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved