Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सिद्धिचरण राजमार्गबाट ट्रक खस्यो

उद्‌घोष संवाददाता
१८ साउन २०८२, आइतवार

विराटनगर । सिद्धिचरण राजमार्गबाट एउटा मालबाहक ट्रक खसेको छ । 

आइतबार दिउँसो उदयपुरको कटारीबाट घुर्मीतर्फ जाँदै गरेको भे १ ख ३६६४ नम्बरको ट्रक कटारी नगरपालिका–१४ घुर्मी नजिकै दुर्घटना भएको जनाइएको छ ।

उक्त ट्रक सडकबाट करीव एक सय मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । 

शनिबार बेलुकादेखि अविरल बर्षा भएका कारण सडक चिप्लो भएर ट्रक दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

ट्रकका चालक भने हामफालेर जोगिएको जनाइएको छ ।

View : 391

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved