Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

हिसान दौडमा संयोगहाङ र आयुसा प्रथम

उद्‌घोष संवाददाता
१४ माघ २०८०, आइतवार

सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ‘हिसान’ सुनसरीको खेलकुद उत्सव २०८० अन्तर्गत हिसान दौड प्रतियोगितामा छात्रतर्फ धरानको मेघा हिमालयन कलेज र छात्रातर्फ कोशी सेन्टजेम्स स्कुल प्रथम भएका छन् ।

इटहरीमा आइतबार बिहान भएको ५ किलोमिटर लामो दौडमा धरान मेघाका संयोगहाङ राईले निर्धारित दुरी १४ मिनेट ३९ सेकेण्डमा पूरा गरेर प्रथम भए ।

एम्स एकेडेमी धरानका प्रताप राई १५ मिनेट ६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भए । सुनाखरी एकेडेमीका उज्वल राईले १५ मिनेट १९ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भए । 

छात्रातर्फ कोशी सेन्टजेम्सकी आयुसा प्रधानले २० मिनेट २२ सेकेण्डमा निर्धारित दूरी पार गर्दै प्रथम भइन् । धरान मेघा कलेजकी सुभेक्षा राई दोस्रो र सीबी कलेज इटहरीकी तुलसा खड्का तेस्रो भइन् ।

राईले निर्धारित दूरी २० मिनेट ४० सेकेण्ड र खड्काले २४ मिनेट १५ सेकेण्डमा पूरा गरेकी थिइन । प्रथम हुने धावकधाविकाले नगद १० हजार, द्वितीयले ५ हजार र तेस्रोले ३ हजार नगद पुरस्कार पाए । 

यस्तै इटहरीमै सम्पन्न भएको ५ किलोमिटर लामो दौडमा नमुना कलेजका सरोज सिंहले निर्धारित दूरी १४ मिनेट १० सेकेण्डमा पूरा गरेर प्रथम भएका थिए भने सुनाखरी एकेडेमीका रोदन राईले १४ मिनेट ३५ सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भएका थिए । धरान उच्चका अर्जुनकुमार राईले १४ मिनेट ३६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भएका थिए ।  

धरान रनको प्राबिधिक सहयोगमा आइतबार सम्पन्न हिसान दौड प्रतियोगिताका विजयी धावक धाविकाहरूलाई हिसानका केन्द्रीय सल्लाकार लेखनाथ घिमिरे, केन्द्रीय सदस्य मुकुन्द घिमिरे, सुनसरी अध्यक्ष सागर भट्टराई, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेत लगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा सुनसरीका बिभिन्न उच्च माविका २ सय ५० धावक धाविकाहरूको सहभागिता रहेको कार्यक्रम संयोजक सुवास लुइँटेलले जानकारी दिए ।

View : 518

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved