Biratnagar, Morang, Nepal
२० जेठ २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघमा बस्नेत तेस्रो पटक निर्वाचित

उद्‌घोष सम्वाददाता
१८ जेठ २०८२, आइतवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) कर्मचारी संघ केन्द्रीय समितिको सभापतिमा रुपेश बस्नेत तेस्रो पटक निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनको घोषित परिणामअनुसार बस्नेत निकटतम् प्रतिद्वन्द्वी देवीप्रसाद कट्टेललाई १६ मतले पछि पार्दै तेस्रो कार्यकालका लागि सभापतिमा बिजयी बनेका हुन् ।

चौथो पटकका लागि चुनावी मैदानमा उत्रिएका निवर्तमान सभापति बस्नेतले १४२ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी कट्टेलले १२६ मत प्राप्त गरे ।

संघको उप–सभापतिमा कोपिला खड्का १३७ मत ल्याई निर्वाचित हुँदा उनकी निकटम् प्रतिद्वन्द्वी कमला तिमसिनाले १२५ मत प्राप्त गरिन् ।

आधा दर्जन उम्मेदवारी परेपछि रोचक प्रतिस्पर्धा देखिएको महासचिव पदमा भने गोलाप्रथाबाट बिजयी घोषणा गरिएको थियो । 

निवर्तमान सचिव सुरेन्द्रकुमार यादव र राजकुमार बास्तोलाले बराबरी ८० मत प्राप्त गरेपछि गोलाप्रथाबाट यादवलाई महासचिवमा निर्वाचित घोषणा गरिएको निर्वाचन समितिले जनाएको छ ।

महासचिवका उम्मेदवारमध्ये जयराम चौधरीले ५२, रमनेश दासले ३०, निवर्तमान महासचिव रंजीतकुमार गुप्ताले १४ र नारायणप्रसाद पोखरेलले सात मत प्राप्त गरे ।

त्यस्तै सचिवमा १२५ मतका साथ कोमलप्रसाद गौतम बिजयी भएका छन् । उनका निकतम् प्रतिद्वन्द्वी राजनप्रसाद गुरागाईंले ५२ र अर्का उम्मेदवार वीरेन्द्रप्रसाद यादवले ४४ मत प्राप्त गरे ।

कोषाध्यक्षमा बोधनाथ खड्का १२७ मतका साथ बिजयी हुँदा उनका निकतम् प्रतिद्वन्द्वी निरोज गुरागाईंले ९५ र अर्का उम्मेदवार रविन्द्रप्रसाद यादवले ४२ मत प्राप्त गरे ।

त्यसैगरी महिला सदस्यमा ११० मत ल्याई अनु कार्की बिजयी भएकी छिन् । उनको निकतम् प्रतिद्वन्द्वी बिमला घिमिरेले ९२ र अर्की उम्मेदवार रेगिना निरौलाले ५८ मत प्राप्त गरे ।

पाँच जना सदस्यमा भने क्रमशः बोधराज निरौला (१५७), अनिता राजवंशी (१५१), तुलसीप्रसाद बराल (१४६), रामबाबु यादव (१२२) र कविन दाहाल (१२१) बिजयी भएका छन् ।

सदस्यका उम्मेदवारमध्ये बिक्रम उप्रेतीले ११६, भेषराज घिमिरेले १०८, दर्शनलाल उरा“वले ८४, दीपेन्द्रकुमार यादवले ६६, महेश मल्लिकले ४८ तथा अशोक मल्लिक र विनोदप्रसाद मण्डलले ४२ मत प्राप्त गरे ।

गत वैशाख २१ गते सम्पन्न संघको चौथो राष्ट्रिय सम्मेलनले जेठ ९ गतेसम्म इकाई समिति र १७ गते केन्द्रीय समितिको निर्वाचन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार विश्वविद्यालयअन्तर्गतका कार्यालय, निकाय र क्याम्पस इकाई समितिको निर्वाचन भइसकेको बताइएको छ ।

कर्मचारी स्रोतका अनुसार उल्लेख्य संख्यामा स्थायी कर्मचारी थपिएका कारण यस पटक इकाई र केन्द्रीय दुवै समितिको निर्वाचनमा रोचक प्रतिस्पर्धा भएको हो ।

सम्मेलनले मुख्य अधिकृत नारायणप्रसाद दाहालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समितिको चयन गरी इकाई र केन्द्रीय समितिको निर्वाचनको जिम्मेवारी प्रदान गरेको थियो ।

संघको विधानमा नवनिर्वाचित कार्यसमितिको कार्यकाल शपथग्रहण गरेको मितिले तीन वर्षको हुने व्यवस्था रहेको छ ।

View : 490

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved