विराटनगर । सामसङले नयाँ ग्यालेक्सी एम ३६ फाइभजी मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । कालो र हरियो रङमा उपलब्ध यो मोबाइल अब देशभरका अधिकृत पसलहरूमा पाइनेछ ।
यो मोबाइल दुई संस्करणमा उपलब्ध छ । ८ जीबी र्याम र १२८ जीबी भण्डारणको मूल्य ३६ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम र २५६ जीबी भण्डारणको मूल्य ४१ हजार ९९९ रुपैयाँ छ ।
यसमा तस्वीर चिन्न सक्ने तथा प्रत्यक्ष संवाद गर्न सक्ने सुविधा, ५० मेगापिक्सेलको तीनवटा क्यामेरा, शक्तिशाली यन्त्र, ५ हजार मिलि एम्पियरको ब्याट्री, छ वर्षसम्म सुरक्षा अद्यावधिक र आफ्ना तथ्यांक सुरक्षित राख्ने प्रविधि समावेश गरिएको छ ।
View : 327
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved