Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

बाहिनीपति कपको उपाधि सुनसरीलाई

उद्‌घोष सम्वाददाता
२६ फागुन २०८०, शनिवार

सुनसरी । कोशी प्रदेशस्तरिय बाहिनीपति कप प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीको आयोजनामा सम्पन्न बिभिन्न विधामा नम्बर ४ गण हेडक्वाटर सुनसरीले ३ स्वर्ण र १ रजत गरी ४ पदकसहित बाहिनीपति कपको उपाधि जितेको हो ।

फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस र ३०० मिटर दौड गरी ५ बिधामा गराइएको प्रतिष्पर्धाका अधिकांश खेलमा ४ नम्बर गण सुनसरीका खेलाडीहरुले वर्चश्व कायम गरेका छन् । नम्बर ४ गणले भलिबल, फुटबल र टेबलटेनिसतर्फ स्वर्ण जितेको हो ।

प्रतियोगिताको समापनको अवसरमा शुक्रबार सम्पन्न फुटबलमा नम्बर ४ गण सुनसरीले फुटबलको फाइनलमा ६ नम्बर गुल्म छिन्ताङ् धनकुटालाई १–० गोल अन्तरमा पराजित गर्दै स्वर्ण जितेको छ । बाहिनिपति कप प्रतियोगितातर्फ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ रिजर्भ गण हेडक्वाटर पकली दोस्रो र ५ नम्बर गण हेडक्वाटर त्रियुगा उदयपुर तेस्रो भएको छ ।

४ दिनसम्म चलेको प्रतियोगितामा कोशी प्रदेश अन्तर्गत बराह बाहिनी गण मातहतका बिभिन्न जिल्लाका गण, गुल्महरुका २ सय ४० जना खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए ।

प्र्रतियोगितातर्फ उत्कृष्ट बन्न सफल नम्बर ४ गण हेडक्वाटर सुनसरीका गणपति समेनन्द बज्राचार्यलाई बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सम्मान तथा पुरस्कृत गरे ।

प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरुले आईजीपी कपमा सहभागिता जनाउन पाउने पोखरेलले जानकारी दिए ।

View : 2159

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved