विराटनगर । नेपाल स्काउट विराटनगर महानगरको स्थानीय आयुक्तमा स्काउटर नवीन पहाडी नियुक्त भएका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पहाडीलाई आइतबार स्थानीय आयुक्तमा मनोनित गरेका हुन् ।
नेपाल स्काउट ऐन २०५० (केही संशोधन) र नेपाल स्काउट नियमावली २०७७ मा नेपाल स्काउट महानगर स्थानीय परिषद्को निर्वाचनबाट निर्वाचित भएका परिषद् सदस्य मध्येबाट सम्बन्धित पालिकाको प्रमुखले एकजनालाई स्थानीय आयुक्त चयन गर्ने व्यवस्था रहेको छ ।
पहाडीसहित १८ जना गत माघ २२ गते सम्पन्न भएको निर्वाचनबाट विराटनगर महानगरपालिका स्थानीय परिषद सदस्यमा निर्वाचित भएका थिए ।
महानगर स्थानीय परिषद्मा पुरूषतर्फ पहाडीसहित प्रल्हाद राजवंशी, राजकुमार देव, निश्चल श्रेष्ठ, भोजराज खनाल, मुकुन्दराज ढकाल, चन्द्रमोहन यादव, राजनारायण चौधरी र तुलसी घिमिरे निर्वाचित भएका थिए ।
महिलातर्फ विदिशा भट्टराई, पुष्पा तुलाधर, दीपशिखा ढकाल, सावित्रा निरौला, रमाकुमारी आचार्य रिजाल, खुश्बु घिमिरे रिजाल, कविता बराल, मनमाया रिजाल र शोभाकुमारी धमला निर्वाचित भएका हुन् ।
मेयर कोइरालाले पहाडीलाई नेपाल स्काउट नियमावली २०७७ परिच्छेद ६ दफा २१ को उपदफा (१) को खण्ड (क) बमोजिम स्थानीय आयुक्तमा मनोनित गरेका हुन् ।
पहाडीले अब स्थानीय परिषद् सदस्यहरु मध्येबाट आफ्नो कार्यसमिति चयन गर्ने छन् ।
स्थानीय परिषद्को कार्यकाल ४ बर्षको हुने जनाइएको छ ।
View : 352
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved