इलाम । रोङ गाउँपालिका–३ मा ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।
आइतबार अपरान्ह प्रदेश १–०१–००१ख४५४७नम्बरको ट्रकले बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक बझाङ बित्छडचिर गाउँपालिका–१ का २६ बर्षीय मदनबहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाडा नगरपालिका–८की२३बर्षीय सिर्जना गिरी घाइते भएका थिए ।
घाइते दुवै जनालाई उपचारको लागि बिर्तामोड पुर्याउन साथ मृत्यु भएको थियो ।
घटनामा संलग्न ट्रक र चालक पाँचथर कुम्मायक गाउँपालिका–९का ३३ बर्षीय नितेश बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताइएको छ ।
यसैबीच मोरङमा पौडी खेल्ने क्रममा डुबेर १ जना र भोजपुरमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ ।
आइतबार अपरान्ह साढे ४ बजे मोरङको धनपालथान गाउँपालिका–७ का बिजय शर्माको ८ बर्षीय छोरा ऋषि शर्मा घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
त्यसैगरी आइतबार नै भोजपुरको रामप्रसादराई गाउँपालिका–१ घर भई हाल चापाभोटे स्थित आफनै दाजुको घरमा बस्दै आएकी ६५ बर्षीया पम्फा भण्डारीलाई कोठामा सुती रहेको अबस्थामा पानीसँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
View : 334
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved