Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

साफ च्याम्पियनसिपको उद्घाटन खेल एन्फा कम्प्लेक्सको मैदानमा हुने

उद्घोष सम्वाददाता
३२ साउन २०८१, शुक्रवार

Advertisement

काठमाडौँ, ३२ साउन । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताअन्र्गत नेपाल र श्रीलङ्काबीच हुने उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने पक्का भएको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पठाएको म्याच कमिस्नर अब्दुल हामिद अब्दुल गफरले आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाका खेल मैदान निरीक्षण गरेपछि खेल खेल्न योग्य नभएको निष्कर्ष निकालेको हो ।

सोही निर्णयसँगै उक्त प्रतियोगिताका अन्य खेलहरु दशरथ रङ्गशालामा हुने सम्भावना कम भएको छ । 

अखिल नेपाल फुटबल सङघ (एन्फा)का प्रवक्ता सुरेश शाहले म्याच कमिस्नरले दशरथ रङ्गशालाको मैदान खेल्न योग्य नभएको बताएको जानकारी दिए ।

उनले यो निर्णय नै अन्तिम नहुने भन्दै म्याच कमिस्नरले साफमा खबर पठाएपछि उताबाट जे निर्णय आउँछ त्यही अन्तिम निर्णय हुने बताए ।

उक्त रङ्गशालाको निरीक्षण गर्न माल्दिभ्सका अब्दुल बिहीबार काठमाडाैँ आइपुगेका थिए । 

उक्त प्रतियोगिताको खेल सुरुआतमा दशरथ रङ्गशालामा खेलाउने आयोजक एन्फाको तयारी थियो ।

तर वर्षाका कारण दशरथ रङगशालाको अवस्था नाजुक भएपछि कहा खेलाउने टुङ्गो लाग्न सकेको थिएन । 

एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिताको सुरुआती खेल एन्फा कम्लेक्सको मैदानमा हुने भन्दै आगामी दिनमा वर्षा सुधार भए दशरथ रङ्गशालामा सेमिफाइन र फाइनल खेल गराउने सम्भावना कायमै रहेको बताए ।

यही साउन २९ गते दशरथ रङ्गशालामा नेपालको सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एएफसीबीच एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोट खेल भएको थियो ।

त्यतिबेला वर्षाका कारण मैदान हिलाम्मे भएको थियो ।

जसका कारण दुवै टोलीले हिलाम्मे मैदानमा खेल खेलेका थिए ।

यसअघि पनि एएफसीले उक्त मैदानलाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न अयोग्य घोषणा गरेको थियो ।

साफ यु–२० च्यापिम्यनसिप आगामी भदौ २ गतेदेखि घरेलु मैदानमा हुँदैछ ।

भदौ १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहने छ ।

प्रतियोगिताका कतिपय टोली नेपाल आइसकेका छन् ।

समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुँदैछ । रासस

View : 89

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved