विराटनगर । विराटनगर महानगरपालिका–१६ बर्माटोलस्थित टासी छ्योलिङ बौद्ध गुम्बामा पाँच दिवसीय बुद्ध बचन (काग्यर तथा त्रिपिटक बाचन) हुने भएको छ ।
मंसिर १८ देखि २२ सम्म आयोजना मुलुकभरका करिव दुई दर्जनभन्दा बढी लामा (गुरु) हरूले बुद्ध ग्रन्थहरूको बाचन हुने जनाइएको छ ।
उक्त बुद्ध बचन प्रवचनमा बुद्ध ग्रन्थहरूलाई प्रख्यात बौद्ध गुरु तथा साधकहरूको सहभागितामा बाचन गरिने गुम्बाका प्रमुख लामा गुरु प्रेम लामाले जानकारी दिए ।
काग्युर र त्रिपिटक बौद्ध धर्मका प्रमुख शास्त्रहरू हुन् । यस कार्यक्रमका माध्यमबाट सवै धर्मावलम्बी र समुदायका सदस्यहरूको लागि एकता र सद्भावको सन्देश दिने मुख्य उद्देश्य रहेको जनाइएको छ ।
बुद्ध बचन कार्यक्रमको समापनमा विशेष सामूहिक पूजा गरिने छ । त्यस्तै धरानका बौद्ध गुरु खेन्निन्पोछे तेन्जिङ वाईवाले प्रवचन दिने छन् । साथै छे वाङ अभिषेक समेत जनाइएको छ ।
View : 62
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved