त्रिकोणात्मक ट्वान्टी २० शृङ्खला
विराटनगर, १९ फागुन । जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै नेपालले नामिबियासँगको फाइनल सुरक्षित गरेको छ ।
नेदरल्याण्डलाई धरासायी बनाएर १२१ रनको सामान्य लक्ष्य कायम गर्न सफल भएको नेपालले १५ दशमलव २ ओभरमै ४ विकेट गुमाएर लक्ष भेट्टाएको थियो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए ।
उनले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरेका थिए । त्यसैगरी गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।
नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले तीन विकेट लिए भने आर्यन दत्तले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १२० रन जोडेको थियो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिएका थिए । यसैगरी टिम भान डेर गुग्टेनले २४ रन जोडदा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।
नेपालका लागि प्रतिश जिसीले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चिएर नेदरल्याण्ड्सको ३ विकेट चड्काए । करण केसी र कुशल मल्लले समान दुई-दुई विकेट लिएका थिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
चार खेलमा चार अङ्क जोडेको नेपालको फाइनल सम्भावना बलियो बनाएको छ । त्यसैगरी पहिलो पराजय व्यहोरेको नेदरल्यान्ड्सको पनि तीन खेलबाट चार अङ्क छ ।
नेपाल पहिलो खेलमा नामिवियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यसैगरी तेस्रो खेलमा नेपालले नामिवियालाई ३ रनले पराजित गरेको थियो ।
भोलि नेदरल्यान्ड्स र नमिवियाबीच खेल तय भइसकेको छ ।
View : 241
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved