विराटनगर । व्यवस्थापन संकायमा अब्बल मेरिल्याण्ड कलेजले प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ ।
सोमबार कलेजले एक कार्यक्रम गरेर कक्षा ११ र १२ को त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
कक्षा ११ को व्यवस्थापन संकायतर्फ ४ जीपीए ल्याएर प्रथम हुने साइस्ता न्यौपाने, ३.९६ जीपीए ल्याएर द्वितीय हुने मिसु प्रधान तथा ३.९० जीपीए ल्याएर तृतीय हुने केशव दास, सिम्रिका शाही र सुरज पासवानलाई कलेजले नगदसहित सम्मान गरेको छ ।
त्यस्तै कक्षा ११ को विज्ञान संकायतर्फ ३.८९ जीपीए ल्याएर प्रथम हुने श्रेयान्स पौडेल, ३.८१ जीपीए ल्याएर द्वितीय हुने दीक्षित पोखरेल र ३.७९ जीपीए ल्याएर तृतीय हुने ओमप्रकाश ताजपुरियालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
त्यस्तै कक्षा १२ को व्यवस्थापन संकायतर्फ ३.८५ जीपीए ल्याएर प्रथम हुने निरज यादव, ३.८४ जीपीए ल्याएर द्वितीय हुने किस्मत सापकोटा र ३.८२ जीपीए ल्याएर तृतीय हुने सफल सक्षम श्रेष्ठलाई पनि कलेजका तर्फबाट नगदसहित सम्मान गरिएको थियो ।
उनीहरूलाई विराटनगर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारी, कलेजका प्राचार्य लक्ष्मण ढकाल, सहप्राचार्य प्रा.डा. पीके झा, कलेजका सञ्चालक भेषराज पोखरेल, डा. मनोज गुप्ता, प्रदीप भगत, नन्दकिशोर अग्रवाल, डा. शिवनारायण यादव, पेशल पोखरेल, जयराज राजवंशीलगायतले अविर, माला लगाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा दुवै संकायका प्रथम, द्वितीय र तृतीय हुन सफलसहित ४० जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।
View : 125
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved