Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल

घरेलु मैदानमा पेनाल्टीमा पुर्‍याएर भारतमाथि नेपालको शानदार जीत

उद्‌घोष संवाददाता
१२ कार्तिक २०८२, बुधवार

फाइल फोटो ।

विराटनगर । नेपालले भारतलाई उसकै घरेलु मैदानमा जारी त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबलको दोस्रो खेल पनि जितेको छ । 

भारतको सिक्किममा बुधबार साँझ सकिएको खेलमा नेपालले भारतलाई पेनाल्टीमार्फत उसमै मैदानमा ३–० ले स्तब्ध पारेको हो ।

खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी अन्त्यमा पेनाल्टीमा परिणत भएको थियो । नेपालका लागि सविता रानामगर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल गरेका हुन् । राष्ट्रिय टिमकी स्ट्राइकर अनिता बस्नेतको पोष्ट प्रहार भने बाहिर गएको थियो ।

नेपालकी परिवर्तित गोलकिपर अन्जना रानामगरले भारतका दुईवटा प्रहार रोकिदिइन् । भारतको पनि एउटा प्रहार बाहिरिन पुगेको थियो ।

खेलको पहिलो हाफ चलिरहँदा ३० औं मिनेटमा भारतकी सौम्यको गोलसँगै अग्रता लिएको थियो । बदलामा नेपालले पनि पहिलो हाफकै इन्जुरी भारतविरुद्ध रस्मीकुमारी घिसिङले गोल फर्काएकी थिइन् ।

दोस्रो तहका अधिकांश खेलाडी लिएर मैदान उत्रिएको नेपालले भारतविरुद्ध अन्तिममा सहज जित निकालेको हो । 

नेपालले सोमबार पनि भारतलाई २–१ गोलले हराउन सफल भएको थियो । उक्त खेलमा कप्तान सावित्रा भण्डारी साम्बा एक्लैले दुवै गोल गरेकी थिइन् । नेपालले त्रिदेशी खेलको पहिलो प्रतिष्पर्धामा इरानसँग भने ३–० ले पराजित भएको थियो ।

View : 327

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved