विराटनगर । विराटनगर महानगरपालिका–५ त्रिमूर्ति चोकमा ज्येष्ठ नागरिक भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने व्यक्तिहरू सम्मानित भएका छन् ।
ज्येष्ठ नागरिक संरक्षण सेवा केन्द्रका अध्यक्ष सुरेशकुमार श्रेष्ठ र कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले एक दर्जनबढी सहयोगीहरूलाई आइतबार माला र प्रमाणपत्रले सम्मानित गरेका हुन् ।
मन्त्री लिम्बूले सरकारले प्रदान गर्ने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार र औषधिमा ज्येष्ठ नागरिकहरूले निकै कठिनाई भोग्दै आएकोतर्फ आपूm जानकार रहेको बताए । उनले त्यस्तो समस्यालाई समाधान गर्न पहल गर्ने बताए ।
केन्द्रका अध्यक्ष श्रेष्ठले प्रदेश सरकारले ज्येष्ठ नागरिक सम्बन्धी कानुन ल्याउनुपर्ने बताए ।
उनले ज्येष्ठ नागरिकहरूले स्वास्थ्य बीमामा धेरै समस्या भोग्नु परेको भन्दै मन्त्री लिम्बूको ध्यानाकर्षण गराए । साथै, ज्येष्ठ नागरिकहरूलाई भजन, कीर्तनका क्रममा चिया बिस्कुट खान पनि समस्या हुने गरेको बताए ।
उनले वडा कार्यालय र स्थानीय समाजसेवी दाताहरूबाट सहयोग जुटाएर भवन निर्माण गरिएको जानकारी दिए ।
केन्द्रमा विभेदरहित रुपमा ज्येष्ठ नागरिकहरूले धार्मिक भजन कीर्तन लगायतमा सहभागिता जनाउने गरेको र अहिलेसम्म ३५० जनाले आजीवन सदस्यता प्राप्त गरेको बताए ।
वडाध्यक्ष सन्तोष न्यौपानेले ज्येष्ठ नगरिकको सुविधाका लागि पहिलो पटक पाँच लाख र दोस्रो पटक तीन लाख रुपैयाँ लगानी गरेर भवन निर्माण गरिएको बताए । आगामी बर्ष थप पूर्वाधार संरचना निर्माण गर्न १० लाख रुपैयाँ छुट्याउने जानकारी दिए ।
कार्यक्रममा कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मणिराज अज्र्याल, मोरङ जिल्ला अध्यक्ष यज्ञश्वर निरौला लगायतको उपस्थिति रहेको थियो ।
View : 132
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved