विराटनगर । विराट राजवंशी समाज उत्थान समितिका केन्द्रीय कार्य समिति, विराटनगरको आयोजनामा सम्पन्न १९औं बृहत् भेलाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु-याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।
समाजले शिक्षा, सञ्चार, कला र प्राविधिक क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहन स्वरूप सम्मान गरेको हो ।
सो अवसरमा शिक्षा क्षेत्र अन्तर्गत शिक्षक पेशाबाट अनिवार्य अवकाश प्राप्त गरेका विराट राजवंशी समुदायका सिधुलाल राजवंशी, लक्ष्मीकान्त विश्वास र रामसागर मण्डल सम्मानित गरिएको छ ।
सूचना सञ्चार र सेवातर्फ नेपाल दूरसञ्चार संस्थानबाट अवकाश प्राप्त बोध नारायण राजवंशी र मकालु टेलिभिजनका संवाददाता पत्रकार पदम सरदारलाई सम्मानित गरिएको छ ।
कला र संगीततर्फ गायन, नृत्य तथा निर्देशन क्षेत्रबाट प्रवलदीप विश्वास, कार्तिक राजवंशी, माला राजवंशी र रमेश राजवंशीलाई सम्मान प्रदान गरिएको राजवंशी युवा विक्रम राजवंशीले जानकारी दिए ।
यस्तै प्राविधिक क्षेत्र (हवाई चालक, पाइलट) तर्फ सिमोन राजवंशी सम्मानित भए । त्यसैगरी जातीय संस्थालाई तन, मन र धनले सहयोग गर्ने पशुराम राजवंशी, रेनुका राजवंशी र देवशंकर राजवंशीलाई पनि विशेष सम्मान गरिएको थियो ।
पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, समितिका केन्द्रीय अध्यक्ष भूवनेश्वर मण्डल राजवंशीले उनीहरुलाई सम्मान गरेका थिए ।
View : 191
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved