Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

आईसीसी यू-१९ विश्वकप क्रिकेट

नेपाल सामु भारतको २९८ रनको चुनौती

उद्‌घोष संवाददाता
१९ माघ २०८०, शुक्रवार

Advertisement

काठमाडौँ, १९ माघ । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत शुक्रबार भइरहेको खेलमा भारतले नेपाललाई २९८ रनको चुनौती दिएको छ । 

दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २९७ रनको योगफल बनाएको हो ।

भारतका लागि सचिन दासले सर्वाधिक ११६ रनको योगदान दिए । उनले १०१ बलमा ११ चौका र तीन छक्का प्रहार गरे । 

कप्तान उदय सहरानले १०७ बलमा ९ चौकाको सहायताले १०० रन बनाए । त्यसैगरी आदर्श सिहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ तथा अर्सिन कुलकर्नीले १८ रन बनाएका हुन् ।

मुसहिर खानले अविजित ९ रन बनाए ।

नेपालका लागि गुल्शन झाले तीन विकेट लिए भने आकाश चन्दले एक विकेट झारेका थिए । 

अब नेपालले २९८ रनको लक्ष्य लिएर नेपालले ब्याटिङ सुरु गर्दैछ ।

View : 381

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved