Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

जिप्रकामा बैंकको विस्तारित काउन्टर

उद्‌घोष संवाददाता
१९ मंसिर २०८०, मङ्गलवार

Advertisement

धनकुटा : जिल्ला प्रशासन कार्यालय धनकुटा परिषरमा राष्ट्रिय वाणिज्य बैंकको विस्तारित काउण्टर सञ्चालन गरिएको छ । बैंकको धनकुटा शाखा मातहत सञ्चालन हुने सो काउन्टर सोमबार उद्घाटन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रवन्धक दीपकराज न्यौपानेले संयुक्त रूपमा पर्दा उघारेर र रिवन काटेर काउन्टर उद्घाटन गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले सेवाग्राहीहरूको सहजतालाई दृष्टिगत गरी बैंकको काउन्टर स्थापना गर्न पहल गरिएको भन्दै यसले सेवाग्राहीहरूलाई निकै सजिलो हुने धारणा राखे । बैंकमार्फत राजश्व बुझाउनु पर्ने सेवाग्राहीहरूलाई यसले निकै सहज बनाउने उनको बुझाइ छ ।

कार्यक्रममा बैंकका प्रदेश प्रवन्धक न्यौपाने र शाखा प्रवन्धक खगेन्द्र कन्दङ्वाले आसपास क्षेत्रका सरकारी कार्यालय र स्थानीयवासीलाई पनि काउन्टरबाट सेवा लिन अनुरोध गरे । सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, उद्योग वाणिज्य संघका उपाध्यक्ष तारा तितुङ लगायतले कार्यालयमै विस्तारित काउन्टर खुलेपछि सेवाग्राहीलाई राजश्व बुझाउन बैंकको शाखासम्म पुग्नुपर्ने बाध्यता हटेको भन्दै खुशी व्यक्त गरे ।

धनकुटामा राष्ट्रिय वाणिज्य बैंकको यो पहिलो विस्तारित काउण्टर हो । सो काउन्टरबाट नगद जम्मा गर्ने, झिक्नेसहित शाखाबाट प्रदान गरिने अधिकांश सेवा प्रदान गरिने बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले बर्षौं अघिदेखि धनकुटा बजार, हिले र जितपुरमा पनि शाखा कार्यालय सञ्चालन गरी बैंङ्किङ सेवा प्रदान गर्दै आएको छ ।

View : 386

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved