Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

प्रहरी दिवसमा रक्तदान

उद्‌घोष संवाददाता
३० असोज २०८२, बिहिवार

विराटनगर । ७० औं प्रहरी दिवस २०८२ को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना तथा विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले पहिलो रक्तदाता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेललाई रक्त संकलन थैली हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । 

रक्तदान कार्यक्रममा प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलगायत प्रहरी जवान आधारभूत तालिमका प्रशिक्षर्थीहरुसहित २४ जनाले रक्तदान गरेका थिए । 

सो कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाल, कोशी प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन इटहरी, जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीका प्रमुखहरु, प्रहरी अधिकृतलगायत प्रहरी कर्मचारीहरुको उपस्थिति थियो ।

View : 376

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved