Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

भेटेरिनरी अस्पताल प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

उद्‌घोष संवाददाता
२१ साउन २०८३, बिहिवार

Advertisement

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. रामपवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादव विरुद्ध घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार दुवैले खोप कार्यक्रम सम्पन्न गरेका भ्याक्सिनेटरहरूलाई भुक्तानी उपलब्ध गराएबापत पाउनुपर्ने रकमको २० प्रतिशत कमिसन माग गरी १ लाख ३२ हजार ३५० रुपैयाँ घुस लिएको आरोप लागेको छ ।

अनुसन्धानका क्रममा दुवैलाई घुस रकमसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

उनीहरूले भ्याक्सिनेटरहरूलाई मोलाहिजा तथा दबाबमा पारेर घुस लिन मिलेमतो गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो १ लाख ३२ हजार ३५० कायम गरी कैद र बराबर जरिवानाको मागसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

View : 12

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved