Biratnagar, Morang, Nepal
१ जेठ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

काठमाडौँमा वर्षा भएपछि विमान अवतरण हुन सकेनन्, विराटनगरबाट उडेका जहाज विराटनगर नै फर्किंदै

उद्घोष सम्वाददाता
१० फागुन २०८०, बिहिवार

विराटनगर, १० फागुन । काठमाडौंमा बर्षा भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन समस्या भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बागमतीसहित गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जनाएको छ ।

काठमाडौंमा एक घण्टादेखि हल्का वर्षा भइरहेको छ । काठमाडौँको उत्तरी भेग आसपासमा पानी परिरहेको जनाइएको छ । 

बर्षातका कारण काठमाडौंमा जहाज अवतरणका लागि मौसम प्रतिकूल बनेको जनाइएको छ । जसका कारण अन्तर्राष्टिय र आन्तरिक उडान अवतरण समेत प्रभावित भएका छन् । 

बिहिबार अपरान्ह भारतको मुम्बईबाट काठमाडौँ आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गर्न नसकेपछि लखनऊ ‘डाइभर्ट’ भएको थियो । 

आन्तरिकतर्फ पनि अहिले हवाई उडानमा कठिनाई भइरहेको जनाइएको छ । आन्तरिकतर्फका उडानहरु अहिले ‘इन्स्ट्रयुमेन्टल फ्लाइट रुल्स (आइएफआर) बाट  मात्रै भइरहेको जनाइएको छ । 

बर्षातका कारण त्रिभुवन विमानस्थलमा जहाज अवतरणका लागि लामो समय होल्ड हुनुपर्ने भएपछि विराटनगर विमानस्थलबाट उडेका जहाज समेत पुन विराटनगर नै फर्किएका छन् ।

बुद्ध र यति एयरका एक एकवटा फ्लाइट अहिले विराटनगरमै फर्किइरहेको फ्लाइट राडरमा देखाइएको छ ।

View : 814

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved