Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

विराट गोल्डकप : फाइलनमा चर्च ब्वाइज र थ्रीस्टार भिड्दै

उद्‌घोष सम्वाददाता
२७ फागुन २०८१, मङ्गलवार

विराटनगर । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।

विराटनगर सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो ।

लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । बिदेशी खेलाडी एबायोमीले निकालको लामो पासलाई लाक्पाले ७० औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै चर्च ब्वाइजले उपाधिको लागि बुधबार थ्रीस्टारसँग सामना गर्नेछ । थ्रीस्टारले आइतबार विभागीय टोली त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उपाधि नजिक पुगेको हो । चर्च ब्वाइजले क्वारटफाइलनमा एनआरटीलाई २–० गोलले हराउँदै सेमिफाइलनमा पुगेको थियो ।

पटक–पटक अवसर पाए पनि विराट गोल्डकपको चौथो संस्करणको बिजेता पुलिसले गोल फर्काउन नसक्दा टोलीको यात्रा सेमिफाइनलमै टुंगियो । 

२०७२ सालमा भएको विराट गोल्डकपको फाइलनमा झापा ११ लाई १–० गोलले हराउँदै पुलिसले उपाधि जितेको थियो ।

चर्च ब्वाइजले यो सिजनमा भएको २४ औं आहा रारा पोखरा गोल्डकपमा हारको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ । 

३० माघमा ंपोखरामा भएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुलिसले चर्च ब्वाइजलाई १–० गोलले पराजित गरेको थियो ।

खेलका उत्कृष्ट खखेलाडी चर्च ब्वाइजका गौरव श्रेष्ठ घोषित भए । उनल नगद ११ हजार पाए ।

विराट गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

View : 86

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved