विराटनगर / महिला पतञ्जली योग समिति विराटनगर महानगर समितिको अध्यक्षमा कुमारी तामाङ चयन भएकी छन् । १८ सदस्यीय समितिको उपाध्यक्षमा लक्ष्मी पौडेल, महासचिवमा दीपा बस्नेत, सचिवमा यसोदा मैनाली, संगठन मन्त्रीमा रीता कार्की र कोषाध्यक्षमा जमुना रुपाखेती छन् ।
सदस्यहरूमा मैयाँ उप्रेती, लक्ष्मी थापा, गीता कार्की, अञ्जु बञ्जरा, बन्दना कटुवाल, मिरा निरौला, रीता शाह, पार्वती ढकाल, निकिता आचार्य, मुना राजभण्डारी, मञ्जु कार्की र मञ्जु दाहाल छन् ।
महिला पतञ्जली योग समिति नेपालकी केन्द्रीय प्रभारी साध्वी देवदितिको उपस्थितिमा नयाँ समिति बनेको हो ।
तामाङ पतञ्जली योग समिति विराटनगरकी उपाध्यक्ष पनि हुन् । पतञ्जली योग समितिको जिल्ला तहसम्म छुट्टै महिला समिति गठन हुँदै आएकोमा यसवर्षदेखि महानगरमा पनि छुट्टै महिला समिति गठन गर्ने हरिद्वारबाट निर्देशन आएको थियो । सोही अनुसार विराटनगर महानगरको महिला समिति गठन भई पहिलो महिला अध्यक्षमा तामाङ चयन भएकी हुन् । तामाङ दुई दशकदेखि नियमित योग प्रशिक्षकको रुपमा सम्लग्न छिन् ।
View : 381
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved