Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

निषेधित क्षेत्रमा अनशनमा बसेका पूर्वमुख्यमन्त्री केदार कार्की प्रहरी नियन्त्रणमा

उद्‌घोष सम्वाददाता
२५ भदौ २०८१, मङ्गलवार

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगर–७ स्थित कोशी प्रदेश सभाको एक सय मिटर नजिक अनसनमा बसेका कार्कीलाई प्रहरीले भ्यानमा हालेर लगेको छ ।

कार्कीले आफू नेतृत्वको सरकारले ल्याएका कार्यक्रमलाई वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारले हटाएको भन्दै अनशनको घोषणा गरेका थिए ।

कार्की मोरङ प्रशासनले तोकेको निषेधित क्षेत्रभित्रै अनशनमा बसेका थिए । उनलाई प्रहरीले निषेधित क्षेत्र बाहिर अनशनमा बस्न समेत आग्रह गरेको थियो ।

कार्कीलाई नियन्त्रण लिने क्रममा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र काङ्ग्रेसका नेता कार्यकर्ताबीच घम्साघम्सी भएको थियो ।

View : 275

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved