Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

प्रहरी निरीक्षक विश्वकर्मा भए असार महिनाको उत्कृष्ट प्रहरी

उद्‌घोष सम्वाददाता
१० साउन २०८१, बिहिवार

झापा । इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी निरीक्षक डम्बर विश्वकर्मा झापाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाले असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।

प्रहरी निरीक्षक विश्वकर्मा हत्याका फरार अभियुक्तलगायत विभिन्न घटनामा संलग्नलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन सफल भएकोमा उत्कृष्ट प्रहरी भएका हुन् । उनी गत २२ असारमा कमल गाउँपालिका–६ मा मादक पदार्थ सेवन गरी खुकुरीले सुमित्रा ऋषिदेवलाई प्रहार गरी घाइते बनाएर फरार रहेका रुपेशकुमार सदालाई सप्तरीबाट पक्राउ गर्न सफल भएका थिए ।

यस्तै १८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरी फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भएको, २६ ग्राम लागुऔषध ब्राउनसुरसहित कारोबारी पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएकोमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले उत्कृष्ट प्रहरी घोषित गरेका हुन् ।

इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी निरीक्षक विश्वकर्मा अनुसन्धानमा अब्बल मानिन्छन् । जिल्ला प्रहरी कार्यालय झापाले प्रत्येक महिना जिल्लामा उत्कृष्ट काम गर्ने, असल चालचलन र विभागीय मूल्य मान्यता र निर्देशनअनुसार काम गर्ने एक प्रहरीलाई उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ ।

View : 225

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved