विराटनगर । जेनजी आन्दोलनका क्रममा प्रशासनिक भवन ध्वस्त भएपछि विराटनगर महानगरपालिकाको कार्यपालिका बैठक त्रिपालमुनि बसेको छ ।
आइतबार मेयर नागेश कोइरालाको अध्यक्षतामा तथा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालसहित कार्यपालिका सदस्यहरुको उपस्थितिमा बैठक बसेको हो ।
बैठकले प्रशासनिक भवनसहित आगजनी र तोडफोड भएका वडा कार्यालयहरुको पुनर्निर्माणलाई तीव्रता दिने, महानगरबाट प्रवाह हुने अत्यावश्यक सेवालाई थप प्रभावकारी बनाउने लगायतका निर्णय गरेको छ ।
बैठकमा मेयर कोइरालाले हतोत्साहित नभई भएका स्रोत साधनबाट जनताका सेवामा लाग्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरेका थिए ।
कोइरालाले जनताको महानगरवासीको सेवाका लागि संस्थागत र व्यक्तिगत सहयोग गर्न आफू सधैं तत्पर रहेको प्रतिबद्धतासमेत जनाए ।
View : 421
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved