विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले ज्येष्ठ नागरिकहरूको हकहित र स्वास्थ्यलाई महानगरले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ।
मंगलबार विराटनगरमा आयोजित 'सामाजिक सुरक्षा सेवा तथा सुविधाहरूको प्रभावकारिता' विषयक अन्तरक्रियामा उनले यस्तो धारणा राखेका हुन् ।
नेपाल ग्रामीण विकास समाज केन्द्र र विराटनगर महानगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा नगरप्रमुख कोइरालाले ज्येष्ठ नागरिकहरूकै सुझावका आधारमा आगामी कार्यक्रमहरू तय गरिने प्रतिबद्धता जनाए ।
ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत संस्थाहरूले सरकार र नागरिकबीच सेतुको काम गरिरहेको चर्चा गर्दै उनले आगामी दिनमा अझ लचकदार भएर सहकार्य जारी राख्ने बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष मणिकुमार अर्ज्यालले ज्येष्ठ नागरिकहरूका लागि नियमित व्यायाम, स्वास्थ्य परीक्षण र सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए।
उनले राज्यका अन्य तहले ज्येष्ठ नागरिकका सवाललाई कम प्राथमिकता दिएको गुनासो गर्दै स्थानीय सरकारको सक्रियतामा जोड दिए।
समारोहमा वरिष्ठ पत्रकार यज्ञ शर्मा, सामाजिक अभियन्ता मीना जोशी र संस्थाका उपाध्यक्ष भुवनेश्वर मण्डल लगायतले ज्येष्ठ नागरिकको सम्मान र अधिकारका विषयमा बोलेका थिए ।
महानगरका राजस्व महाशाखा प्रमुख सरोज गौतम, भरतकुमार लुइँटेल र दिलीप पोखरेलले सहजीकरण गरेको उक्त कार्यक्रममा विराटनगर क्षेत्रका १०० जनाभन्दा बढी ज्येष्ठ नागरिकहरूको सहभागिता थियो।
View : 192
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved