कोशीको वितण्डा
कोशीको बाढीले बगर बनाइदिएको बाङ्सिलाघाट ।
विराटनगर । उदयपुर र भोजपुर जोड्ने चुहारको झोलुङ्गे पुल कोशी नदीको बाढीले क्षतिग्रस्त बनाएको छ ।
तीब्र बहावका कारण झोलुङ्गे पुलको एकातर्फको लठ्ठा चुँडिएर पुलमा क्षति पुगेको हो । त्यसैगरी पुलमा बिच्छ्याइएका स्टिलका पाता समेत बगाएको जनाइएको छ ।
बाढीले हसनपुरस्थित निर्माणाधीन चुहार पक्की पुलमा समेत क्षति पुर्याएको छ ।
सुनकोशीको बाढीले उदयपुरको चौदण्डी नगरपालिका–१ स्थित बाङ्सिलाघाट बगरमा परिणत भएको छ । त्यहाँका सातवटा घरमा क्षति पुगेको जनाइएको छ । स्थानीयका पशुचौपायाका खोर गोठ समेत बगाएको जनाइएको छ ।
चौदण्डी–१ का वडाध्यक्ष सिताराम राईले ठुलो क्षति भएको जानकारी आएको बताए । लगातारको वर्षाका कारण प्रभावित क्षेत्रमा जान नसकिएको र अहिले पानी पर्न छोडेका कारण आफूसमेत प्रभावित क्षेत्रमा जाने तयारी गरिरहेको बताए ।
‘अधिकांश घरहरूमा क्षति गरेको जानकारी आएको छ’ उनले, ‘म अब त्यतातिर जाने तयारी गर्दैछु, क्षतिको विस्तृत जानकारी भरेतिर आउनसक्छ ।’
अहिले उक्त स्थानमा पानी घट्दै गएको जनाइएको छ ।
View : 237
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved