Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

मोरङको विराटनगर बसपार्कसहित १० स्थानमा ट्राफिक प्रहरीले सुरु गर्यो यात्रु सहायता कक्ष

उद्‌घोष सम्वाददाता
१६ असोज २०८१, बुधवार

विराटनगर । दशैँ, तिहार छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले विराटनगर बसपार्कमा यात्रु सहायता कक्ष सुरु गरेको छ । 

मंगलबार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले यात्रु सहायता कक्षको उद्घाटन गरे । चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि सहजीकरण गर्न उद्देश्यले यात्रु सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यात्रु सहायता कक्षको उद्घाटन गर्दै खापुङले प्रहरी चौबीसै घण्टा परिचान भई शान्ति सुरक्षा प्रदान गर्दै आइरहेकोमा विशेष गरी चाडपर्वको समयमा मानिसहरूको आवात जावत बढी हुने हुँदा सुरक्षाको लागि थप प्रहरी परिचालन गरिनुका साथै बसपार्कहरूमा यात्रु सहायता कक्षको स्थापना गरिएको बताए ।

आम नेपालीहरूको चाडपर्व सुखदायी तथा सुरक्षित बनाउन यातायात व्यवसायी, यातायात मजदुर लगायत सबैको सहकार्य आवश्यक रहेको बताउँदै १४ वटै जिल्लास्थित बसपार्क तथा यात्रुहरूको बढी चाप हुने स्थानहरूमा यात्रु सहायता कक्षको स्थापना गरिने उनले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल लगायत स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी, यातायत मजदुरहरूको सहभागिता रहेको थियो ।

कोशी प्रदेशका जिल्लाका बिभिन्न स्थानमा पहिलो दिन मंगलबार ३७ स्थानमा यात्रु सहायता कक्षको स्थापना भएको बताइएको छ । 

याक्राका त्रममा यात्रुहरूलाई कुनै प्रकारको असहज, असुरक्षित महसुस भएमा वा सामान छुटेमा नजिकैको यात्रु सहायता कक्ष अथवा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले मोरङको विराटनगरस्थित बसपार्कसहित १० स्थानमा यात्रु सहायता कक्ष स्थापना हुने जानकारी दिए । हरेक सहायक कक्षमा दुईजना ट्राफिक प्रहरी तथा नेपाल प्रहरी खटिने बताए ।

यात्रु सहायता कक्षमा खटिने प्रहरीले निर्धारित भाडादर कायम नभए नभएको जानकारी लिने, गुनासो सुन्ने, सुरक्षित यात्राका बिषयमा यात्रुहरुलाई समेत जानकारी गराउने जनाइएको छ ।

यसैगरी नजिकिदै गरेको दशैँ र तिहारलाई लक्षित गरेर इटहरी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना भएको छ । 

चाडपर्वको अवसरमा जिल्ला भित्रिने र बाहिरिने तथा पहाडी जिल्ला भ्रमणमा निस्कने यात्रुको यात्रालाई सहज बनाउन कोशी प्रदेश ट्राफिक प्रहरीको पहलमा मंगलबारदेखी यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।

यात्रु सहायता कक्षमार्फत याक्राका त्रममा यात्रुले भोग्नुपरेका समस्या तथा कठिनाइका विषयमा सहजीकरण गरिने कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले बताए । 

दशैँ तिहारमा यात्रुको चाप बढी हुने हुँदा यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियमको उल्लङ्घन गर्नेजस्ता घटनालाई रोक्न यात्रु सहायता कक्ष स्थापना गरिएको पौडेलले बताए ।

View : 162

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved