विराटनगर । निर्वाचन आयोगले मोरङ बुढीगंगा गाउँपालिका वडा नम्बर–४ निवासी सत्यनारायण चौधरीको मतदाता नामावली झापामा राखिदिएको छ ।
नेकपा एमालेका नेतासमेत रहेका चौधरीले निर्वाचन आयोगलाई निवेदन दिएर सच्याउन आग्रह गर्दा पनि आङ्खनो नाम मोरङमा नसारेको बताएका छन् ।
मतदाता नामावलीमा उनको ठेगाना झापाको कमल गाउँपालिका वडा नम्बर ६ जनाइएको छ । आयोगको गल्तीले आपूmले दुःख पाएको उनले बताएका छन् ।
बाबुको नाम जतरू चौधरी, आमाको रातोदेवी थरूनी र श्रीमतीको नाम जानकीकुमारी लेखी मिलेको छ । तर, नयाँ मतदाता परिचयपत्रमा उनको जिल्ला, पालिका र वडा नै फरक पारिएको पाइएको छ ।
पुरानो मतदाता परिचयपत्रमा मतदान स्थल सरस्वती सदन मावि नेमुवा उल्लेख छ भने नयाँ ठेगानाको परिचयपत्रमा वाणी मावि गोहाबारी उल्लेख छ ।
चौधरीका अनुसार, नयाँ मतदाता नामावली सार्वजनिक भएपछि उनले आङ्खनो नाम देखेनन् । एमाले मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार विनोद ढकालको निर्वाचन परिचालन गरिरहेका चौधरीले अत्तालिएर यताउता नाम खोज्ने क्रममा झापामा परेको थाहा पाए ।
तत्काल निर्वाचन आयोगमा जानकारी गराएको उनले बताए ।
आयोगमा फोन गरेर प्रदेश निर्वाचन कार्यालयमा जनाउ दिएका थिए । त्यहाँका कार्मचारीले सच्याउने सुझाव दिएर फर्काए पनि आइतबार पुनः सोध्न जाँदा यो सम्भव नहुने भनेर फर्काएको उनी बताउँछन् ।
View : 140
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved