विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डितकी पत्नी विमला महत पण्डितको निधन भएको छ ।
लामो समयदेखि मायासाइटिस नाम रोगबाट विमला थला परेकी थिइन् । एक बर्षयता पण्डित पत्नीकै उपचारमा तल्लिन थिए ।
२०२२ साल असोज २ गते जन्मिएकी पत्नी विमलाको निधन भएको पण्डितले आफ्नो सामाजिक संजालमार्फत जानकारी गराएका हुन् । पण्डितलाई राजनीतिमा सक्रिय रहनका लागि विमलाले नै सघाउने गरेकी थिइन् ।
नेता पण्डितकी पत्नीको निधनप्रति एमालेका धेरै नेता कार्यकर्ताले दुःख व्यक्त गरेका छन् ।
View : 97
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved