विराटनगर । उपभोक्ता अधिकारको क्षेत्रमा सक्रिय रहेका विराटनगर–३ का उपभोक्ता अधिकारवादी कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ ले उपभोक्ता सचेतना पुरस्कार घोषणा गरेका छन् ।
पुरस्कारका लागि राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरसँग उनले कोष स्थापना गर्न मंगलबार सम्झौता गरेका हुन् ।
पुरस्कारका लागि २ लाख ५१ हजार रूपैयाँको अक्षय कोष स्थापना गरिएको उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका मार्सेलीले जानकारी दिए ।
वस्तु तथा सेवा प्रदायकबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षणका लागि सक्रिय रहने गरी उपभोक्तावादको सिद्धान्तबाट निर्देशित व्यक्ति वा संस्थाहरूमध्येबाट हरेक वर्ष पुरस्कार प्रदान गरिने जनाइएको छ ।
उक्त पुरस्कार विश्व उपभोक्ता अधिकार दिवस (१५ मार्च) को अवसरमा घोषणा गरिने र राष्ट्रसेवक सहकारीको स्थापना दिवस (साउन ४) को दिन वितरण गरिने सम्झौता भएको जनाइएको छ ।
View : 21
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved