विराटनगर । श्रमजीवी पत्रकार संघ कोशी प्रदेशको संयोजकमा सन्तोष राजवंशी चयन भएका छन् । सोमबार विराटनगरमा भएको भेलाले राजवंशीलाई अध्यक्षमा चयन गरेको हो ।
संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीको उपस्थितिमा भएको भेलामा पत्रकारहरु जीतेन्द्र साह, जीतेन्द्र ठाकुर, श्यामसुन्दर राजवंशी, चीना थापा, मधुसुदन ज्ञवाली, उषा सरदार, पदम सरदार, सञ्जय राजवंशी लगायतको उपस्थिति थियो ।
सो भेलाले पत्रकारद्वय विजय खतिवडा र जीतेन्द्र साहलाई प्रदेश सल्लाहकारसमेत चयन गरेको छ ।
‘श्रमजीवि नेपाली पत्रकारिता क्षेत्रमा देखिएको वर्तमान समस्या र समाधान बारे श्रमजीवि पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीस“गस“ग सोमबार हामीले गहन एवं लामो छलफल गर्यौं’ सो भेलाको बारेमा पत्रकार जीतेन्द्र साह भन्छन्, ‘यो बैठकले संभावना बोेकेका जोसिला एवं आ“टिला युवा पत्रकार सन्तोष राजवंशीलाई संघको कोशी प्रदेश संयोजकमा चयन गरेको र छलफलमा उत्साहजनक सहभागिता रहेको थियो ।’
View : 429
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved