Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, वडाध्यक्षमा लागि कहाँ कति खस्यो मत ?

उद्घोष सम्वाददाता
१६ मंसिर २०८१, आइतवार

विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतदान सकिएको छ। आइतबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म भएको मतदान कोशी प्रदेशमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

कार्यालयका प्रमुख चोलाराज दंगालले दिएको जानकारी अनुसार मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित प्रदेशका ८ ठाउँमा आइतबार उपनिर्वाचन भएको थियो। एक जना पालिका प्रमुख र बाँकी ७ जना वडाध्यक्षका लागि कोशीका ६ जिल्लामा मतदान भएको हो । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकामा १८ हजार ५७७ मत खसेको छ। २६ हजार ४४ जना मतदाता रहेको ग्रामथानमा कूल ७१.३२ प्रतिशत मत खसेको छ । 

ग्रामथानमा राजनीतिक दलबाट १५ जना र स्वतन्त्र १ जना गरी १६ जना उम्मेद्वार चुनावी प्रतिष्पर्धामा छन्।  ७ वटा वडा रहेको ग्रामथानमा ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र कायम गरिएको थियो । 

मतदान सकिएसँगै मतपेटिका संकलनको काम सुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार मतपेटिका संकलन सकिएपछि मतगणना सुरु गरिने छ ।

कहाँ कति खस्यो मत ?

वडाध्यक्षका लागि भएको मतदानमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका –३  मा ८९१ अर्थात ५८.३१ प्रतिशत मत खसेको छ । झापाको कनकाइ नगरपालिका–६ मा १५१३ अर्थात ७३.५१ प्रतिशत, तेह्रथुमको लालिगुराँस नगरपालिका ८ मा ९२३ अर्थात ६२.३२ प्रतिशत, सुनसरीको गढी गाउँपालिका ६ मा २६४५ अर्थात ७३.०२ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

 यसैगरी ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा ७६८ अर्थात ५७.९६ प्रतिशत, उदयपुरको त्रियुगा नगरपालिका १२ मा २५२७ अर्थात ६५.६८ प्रतिशत र उदयपुरकै बेलका नगरपालिका वडा नम्बर ९ को वडाध्यक्षमा १८८५ मत अर्थात ६०.१० प्रतिशत मत खसेको छ ।

View : 63

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved