विराटनगर । उद्योग संगठन मोरङ, महिला उद्यम समितिको आयोजनामा महिलाहरुका लागि फिनेल बनाउने तथा सरसफाई सम्वन्धी तालिम दिइएको छ । दुईदिने सो तालिममा ३४ महिलाको सहभागिता थियो ।
तालिमको समापन कार्यक्रममा उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले महिलाहरुलाई उद्यमशिलतातर्फ लाग्न अभिप्रेरित गर्न तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै तालिममा सिकेका कुरालाई उद्यमशिलतामा रुपान्तरण गर्न आग्रह गरे ।
महिला उद्यम समितिकी सह–संयोजक जयश्री जाजूले महिला उद्यमशिलता विकासका माध्यमबाट स्वरोजगारलाई प्रवर्द्धन गर्न फिनेल बनाउने तालिम आयोजना गरिएको बताइन् ।
तालिमको प्रशिक्षक एवं महिला उद्यमी सोमी चौलागाईले घरको कामकाजमा व्यस्त महिलाहरुले पनि सहजै रुपमा फिनाइल (फिनेल) बनाई बजारमा विक्री वितरण गर्न सक्ने बताइन् ।
उनले तालिम अवधिमा फिनाइलका प्रकार, बनाउँदा अपनाउनु पर्ने सतर्कता, समिश्रण गर्दा ध्यान दिनुपर्ने कुरा, प्याकेजिङ र विक्री प्रवर्द्धनका लागि अपनाउनु पर्ने विधिका साथै सरसफाईको महत्वका वारेमा सहभागीलाई सिकाएकी थिइन् ।
तालिमको समापन कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, विन मोरङको अध्यक्ष कृति उपाध्याय, घरेलु तथा साना उद्योग महासंघ मोरङकी महिला समितिकी पूर्व सभापति सुनिता छाराहाङ, उद्योग संगठन मोरङ महिला उद्यम समितिका सदस्यहरुको सहभागिता थियो ।
View : 775
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved